खरसाङ लीजेण्ड्स भेटरन्स र मकैबारी युनाइटेड एफसी-को जीत

IMG-20250713-WA0003

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा शनिवार दुई रोमाञ्चक म्याच खेलियो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजनको म्याचमा खरसाङ लीजेण्ड्स भेटरन्सले जेआर३२ फूटबल एकाडमीविरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल चिराग थापाले गरे। दोस्रो म्याच (च्याम्पियनशीप डीविजन)-मा मकैबारी युनाइटेड एफसी-ले यूकेएफसी अण्डर-१७ टीमविरुद्ध ३-२ ले जीत हासिल गऱ्यो।

विजेता टीमको तर्फबाट पेमा लामा ले २ र सुमिरन प्रधानले १ गोल गरे। यसरी यूकेएफसी अण्डर-१७ टीमको तर्फबाट पुष्कर खनाल र प्रजल राईले १-१ गोल गरे। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, रेबिका प्रधान, सलमा राई र सुरेन गुरुङ सामेल थिए। सञ्जय थापा फोर्थ अफिसियल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement