लण्डन: सर्बियाका स्टार टेनिस खेलाड़ी नोवाक जोकोविचले फेरि एकपल्ट सन्न्यासको सम्भावनाहरूलाई खारेज गरेका छन् अनि उनी कम्तीमा अझ एकपल्ट विम्बल्डनमा खेल्न चाहन्छन्। सालको तेस्रो ग्राण्ड स्ल्याममा कम्तीमा अझ एकपल्ट खेल्ने उनको योजना रहेको जोकोविचले स्पष्ट गरेका छन्। विम्बल्डनको पुरुष एकल सेमिफाइनलमा जोकोविचले इटलीका यानिक सिनरविरुद्ध हारको सामना गर्नु पऱ्यो। अब फाइनलमा सिनरको भिड़न्त कार्लोस अल्काराजसँग हुनेछ। सिनरविरुद्ध हारले गर्दा जोकोविच विम्बल्डनमा ८ पल्ट खिताब जित्ने रोजर फेडररको रेकर्डको बराबरी गर्न अनि २५औं ग्राण्ड स्ल्याम खिताब जित्नदेखि चुके। म्याचपछि जोकोविचले भने, म आज विम्बल्डन करियर समाप्त गर्ने योजना बनाइरहेको छुइनँ। म निश्चित रूपले यहाँ कम्तीमा अझ एकपल्ट खेल्ने योजना बनाइरहेको छु। उल्लेखनीय छ, क्वार्टर फाइनल म्याचको अवधि अन्तिम सेटमा जोकोविचलाई चोट लागेको थियो अनि सेमिफाइनलमा उनलाई आफ्नो सर्वश्रेष्ठ फर्ममा देखिएन। जोकोविचले भने, म आफ्नो चोटबारे विस्तारपूर्वक चर्चा गर्न चाहदिनँ। म केवल आफ्नो प्रदर्शनलाई लिएर कुरा गर्नेछु। मैले म्याचमा आफूले सोचेको जति असल प्रदर्शन गर्न सकिनँ अनि यस कुराले म निराश छु। जोकोविचले यस साल अहिलेसम्म तीनैवटा ग्राण्ड स्ल्यामको सेमिफाइनलमा स्थान बनाए पनि त्यसभन्दा अघि बढ़्न सकेनन्। अष्ट्रेलियन ओपनमा चोटले गर्दा पहिलो सेटपछि बाहिर भएका थिए जबकि फ्रेञ्च ओपन र विम्बल्डनमा सिनरविरुद्ध हारेर फाइनलमा पुग्न सकेनन्।