अखिल सिक्किम कर्मचारी संघको तदर्थ समिति गठन

IMG-20240717-WA0003

गान्तोक: अखिल सिक्किम सरकारी कर्मचारी संघको समन्वय परिषदको एक बैठक आज संस्थाको मुख्यालयमा सम्पन्न भयो। उक्त बैठकमा कर्मचारीहरूको कल्याणलाई ध्यानमा राख्दै नयाँ तदर्थ समितिको गठन गरिएको छ। तदर्थ समितिको अध्यक्षको पदमा सरला तामाङ, महासचिव अभिषेक खरेल, उपाध्यक्ष छोपेल दोर्जी भोटिया र संयुक्त सचिवको पदमा चन्द्र समशेर तामाङलाई मनोनित गरिएको बताए। नवमनोनित अध्यक्ष सरला तामाङले जानकारी गराएअनुसार संस्थाले सुम्पेको जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गर्नेछु। संस्थालाई एक्लैले चलाउन नसकिने र सबै सदस्यहरूले साथ दिनुपर्ने उनले आग्रह गरिन्। संस्थाको चुनाउ अन्तिम पटक २००६ मा सम्पन्न भएको थियो। यस समितिले 6 महिनाभित्रमा चुनाउ गराउने लक्ष्य राखेर काम गर्ने पनि उनले बताइन्। हाल यस संस्थामा ६० हजार सदस्यहरू रहेको र अब पूनः २२ हजारले सदस्य़ता ग्रहण हुने अवगत गराइन्। सदस्यता ग्रहण नगरेको कारण पनि चुनाउ गराउन विलम्ब भएको उनको भनाइ रहेको थियो। यसभन्दा अघि सदस्यता शुल्क दुईसय पचास रूपियाँ थियो भने नयाँ तदर्थ समितिले केवल पचास रूपियाँ मात्र सदस्यता शुल्क लिइने निर्णय लिएको उनले घोषणा गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement