राज्यका विभिन्न तहशीलमा माउसेसको गुरुपूजा

IMG-20250712-WA0124

रम्फू: गुरु पूर्णिमाको अवसरमा मानव उत्थान सेवा समिति सिक्किम राज्यको छ जिल्लाको दस तहसीलहरूमा गुरूपूजा सम्पन्न भयो। यसअन्तर्गत गान्तोक तहसील, उत्तर सिक्किम मंगन, रम्फू, नाम्ची, सुम्बुक, जोरथाङ, दरामदिन, गेजिङ, राभाङला, नाम्चेबुङ तहसीलहरूमा भव्यतासित गुरुपूजा एवं व्यास सम्पन्न भयो। तहसील प्रभारी सन्त महात्मागणको सानिन्य्तमा प्रत्येक आश्रमहरूमा बिहान पण्डितहरुद्वारा मन्त्रोचारणको साथ पूजा-यज्ञ-हवन आदि सम्पन्न भएको थियो। जसमा आफ्नो इष्टदेव मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सद्गुरुदेव सतपालजी महाराजको चिरञ्जीवीको निम्ति कामना सहित भक्त समाज उपवाससम्म बसेका थिए। कार्यक्रमको दोस्रो चरणमा प्रत्येक आश्रमहरूमा सन्त महात्मागणको मुखारविंदबाट गुरुपूजाको महत्वमाथि सत्संग प्रवचन आयोजन गरियो। यसअवसरमा भजन कलाकारहरुले भक्ति संगीत प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement