गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट गत ४ नोभेम्बर २०२२ मा शिलान्यास गरिएको खाम्दोङस्थित राष्ट्रिय प्राविधिक संस्थान (एनआइटी) को निर्माण कार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ। उक्त परियोजना खाम्दोङमा निर्माण भइरहेको छ। धेरै वर्षको प्रतीक्षापछि राज्य सरकारले प्रभावी पदक्षेप लिँदै परियोजना खाम्दोङमा निर्माण गर्ने निर्णय गरेको हो। स्थानीयवासीहरूले निर्माण कार्यप्रति खुशी व्यक्त गर्दै संस्थाले भविष्यमा शिक्षा, रोजगार र समग्र क्षेत्रीय विकासमा ठूलो योगदान पुर्याखउने विश्वास व्यक्त गरेका छन्।