मुख्यमन्त्रीले गरे तीन सशोधित कानूनबारे समीक्षा बैठक

IMG-20250712-WA0120

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज सम्मान भवनमा बसेको बैठकले तीन ऐतिहासिक कानूनहरूको संशोधनबारे छलफल गऱ्यो। यसअन्तर्गत भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता र भारतीय सक्षम अधिनियमबारे समीक्षा गरिएको थियो। उक्त तीन कानूनलाई गत एक जुलाई २०२४ देखि कार्यान्वयन गरिएको थियो। बैठकको क्रममा मुख्यमन्त्री तामाङले सार्वजनिक सुरक्षा, प्रक्रियागत दक्षता र नागरिक-केन्द्रित न्याय अभिवृद्धिमा संशोधन कानूनको महत्त्वमाथि प्रकाश पारे। उनले सार्वजनिक सुरक्षा र सुविधामा ध्यान केन्द्रित गर्दै तीन कानूनहरूको रणनीतिक योजनाबारे बताए। बैठकमा गृह विभागीय सचिव एम भरनी कुमारले संशोधित तीन कानूनमाथि प्रतिवेदन प्रस्तुत गरे। यसअवसरमा मुख्य सचिव आर तेलाङ, पुलिस महानिर्देशक अक्षय सचदेव लगायत अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement