पहिलो सत्रमा बन्द चुङथुङका मानिसहरुलाई लिएर माँ पाथीभरा मन्दिर दर्शनको निम्ति प्रस्थान
दार्जिलिङ: एडवर्ड्स फाउण्डेशनद्वारा आयोजित श्रद्धा यात्राको अजय एडवर्ड्स अनि उनकी पत्नी प्रिया एडवर्ड्सद्वारा शुभारम्भ गरिएको छ। पहिलो चरणमा बन्द रहेको तुङ्गसुङ्ग चिया बगानका वासिन्दाहरुलाई नेपालको इलामस्थित माँ पाथीभरा मन्दिर दर्शनको निम्ति प्रस्थान गरिएको छ।

अजय एडवर्ड्सले गत श्रमिक दिवसको दिन गरेको घोषणा अनुसार उक्त श्रध्दा यात्रा शुरु गरिएको छ। अब हरेक हप्ता बन्द चियाबारीका मानिसहरुलाई लिएर तीर्थ यात्रा गराइने भएको छ। यसै क्रममा पहिलो तीर्थ यात्रा बन्द चियाबारी चुङथुङका मानिसहरुलाई लिएर पाथीभरा देवीको दर्शनको लागि प्रस्थान गराइएको छ।

यस पहिलो तीर्थ यात्रा एंव श्रध्दा यात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अजय एडवर्डसले आफुले घोषणा गरे अनुसार आजदेखि बन्द चियाबारीका मानिसहरुलाई लिएर तीर्थ यात्रा गराउन श्रध्दा यात्रा शुरु गरिएको जानकारी गराएका छन्। उनले पहिलो यात्रा बन्द चुङथुङ चियाबारीका मानिसहरुलाई लिएर माँ पाथिभरा देवीको दर्शनको लगिएको र अब प्रत्येक हप्ता दुई तीन हुल तीर्थयात्राको लागि लगिने बताएका छन्।

अजय एडवर्ड्सले यो यात्रा विभिन्न धर्मावलम्बीहरुलाई लिएर आयोजना गरिने भएको पनि बताएका छन्।