खरसाङ: तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टी स्तरीय क्यारम बोर्ड प्रतियोगिता-२०२५ तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको जोड़ी प्रतियोगिताको निम्ति स्व ललिता गुरूङ स्मारक ट्रफी जेबी गुरूङले अनि एकल प्रतियोगिताको निम्ति स्व दुर्गा प्रसाद मोक्तान स्मारक ट्रफी गौतम मोक्तानले प्रायोजन गरेका छन्। त्यसरी नै अन्य ट्रफीहरू संगठनकै सदस्यवर्गले प्रदान गरेका छन्। यस समष्टि स्तरीय क्यारम प्रतियोगिताको प्रथम दिनको एकल प्रतियोगिताको खेल बिमल दर्जी अनि वाणीबिलास सिंहमाझ सम्पन्न भएको छ। यो एकदमै रोमाञ्चित खेलमा बिमल दर्जी बिजय भएका छन्। यस क्यारम बोर्ड प्रतियोगितामा निर्णायकको रुपमा किशोर सुन्दास र सर महेन्द्र तामाङ रहेका छन्। दुवै निर्णायकद्वयले उदघाटन खेललाई अनुशासित अनि सफल परिचालन गरेका थिए। आगमी १५ अगष्ट स्वतन्त्रता दिवसको दिन एकल अनि जोड़ी दुवै प्रतियोगिताको अन्तिम फाइनल खेलको आयोजना हुने भएको जानकारी वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सचिव सुरेशचन्द्र दर्नालले दिएका छन्।