खरसाङको पुरानो प्राथमिक पाठशाला डेविस प्राथमिक पाठशालामा शतवार्षिकी समारोह अन्तर्गत २११औं भानु जयन्ती समारोह सम्पन्न

IMG-20250712-WA0114

खरसाङ: खरसाङको पुरानो प्राथमिक पाठशाला डेविस प्राथमिक पाठशालामा शतवार्षिकी समारोह अन्तर्गत २११औं भानु जयन्ती समारोह सम्पन्न भएको छ। उक्त भानु जयन्ती समारोह डेविस प्राथमिक पाठशाला शतवार्षिकी समारोह समितिको तत्वावधानमा सम्पन्न भएको छ। आदि कवि भानुभक्त आचार्यको २११औं जन्म जयन्तीको यस कार्यक्रममा सभाध्यक्षको रुपमा गोर्खा जनपुस्तकालय खरसाङको सभापति रबीनकुमार प्रधान अनि मुख्य अतिथिको रुपमा भिक्टोरिया बोइस स्कूलका नेपाली विषयका शिक्षक देवप्रकाश शंकर उपस्थित रहेका थिए।

सन् १९२५ मा स्थापना भएको खरसाङको पुरानो प्राथमिक पाठशाला डेविस प्राथमिक पाठशालाले यस वर्ष एक सय वर्ष पूरा गरेको छ। यस अवसरमा गत ८ जून २०२५ देखि शतवार्षिकी समारोह वर्षव्यापी रुपमा आयोजना गर्दै आएको छ भने यसै शतवार्षिकी समारोह अन्तर्गत शुक्रबार २११औं भानु जयन्ती समारोह सम्पन्न भएको छ। यस अवसरमा कविता वाचन, नृत्य, गीत र रामायण पाठको कार्यक्रम सम्पन्न भएको छ।‌ यस अवसरमा भिक्टोरिया ग्रामद्वार समूह गीत अनि आकाशवाणी खरसाङको वाणीश्री कल्याण समितिद्वारा रामायण पाठ प्रस्तुत गरिएको छ।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै डेविस प्राथमिक पाठशालाको प्रधान शिक्षक सन्तोषसिंह लकान्द्रीले सन् १९२५ मा स्थापना भएको डेविस प्राथमिक पाठशालाले यस वर्ष एक सय वर्ष पूरा गरेकोमा शतवार्षिकी समारोह अन्तर्गत वर्षभरि नै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ र यसै शतवार्षिकी समारोह अन्तर्गत नै भानु जयन्ती समारोह सम्पन्न भएको बताएका‌ छन्। उनले यस कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement