खरसाङ: खरसाङमा पञ्चायत समिति सभापति अनु प्रधानले खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारीस्थित बसेरी गाउँका रामबहादुर देवानको जीर्णावस्थामा रहेको घर मरमत्तिको लागि व्यक्तिगत रूपमा सहयोग गरेकी छन्। उनले देवान परिवारलाई अरू मरमत्तिको लागि च्यादर र काठ उपलब्ध गराएकी छन्। उनले योभन्दा अघि पनि यस क्षेत्रमा राम सुब्बाको घर मरमत्तिको लागि सहयोग गरेकी थिइन् भने भविष्यमा फेरि अन्य जीर्णावस्थामा रहेका घरहरु मरमत्तिको लागि सहयोग गर्ने जानकारी प्राप्त भएको छ। यसरी घर मरमत्तिको लागि सहयोग गरेकोमा रामबहादुर र देवान परिवारले सभापति अनु प्रधानप्रति कृतज्ञता व्यक्त गर्दै सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। बसेरी ग्राम पञ्चायतका सदस्यका अनुसार, यो दोस्रो किस्ताको सामग्री हो। यसअघि घर निर्माणका लागि पहिलो किस्ताको सामग्री पनि प्रदान गरिएको थियो। सभापति प्रधानले आगामी दिनमा घर मर्मतका लागि आवश्यक अन्य निर्माण सामग्री पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।