खरसाङ: नमस्ते खरसाङको १०औं स्थापना दिवसलाई लिएर खरसाङमा विभिन्न जात गोष्ठीका प्रतिनिधिहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभामा नमस्ते खरसाङको दशौँ स्थापना दिवस यसपल्ट गोर्खा जातिको विभिन्न लोक संस्कृति कार्यक्रमहरुका साथमा पालन गरिने भएको छ। खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु र जात गोष्ठीका प्रतिनिधिहरुलाई लिएर सम्पन्न सभामा सबै जात गोष्ठीका प्रतिनिधिहरुले आफ्नो तर्फबाट एक एकवटा कार्यक्रम लिएर प्रस्तुत गरेर सहयोग गर्ने वचन वध्दता प्रकट गरेका छन्। आगामी सभामा अझ चर्चा परिचर्चा गर्ने निर्णय गरिएको छ। सभामा नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले कार्यक्रमको रुपरेखा र उद्देश्य विषयमा जानकारी गराएका थिए भने सिल्भेष्टर लेप्चाले स्वागत सम्भाषण राखेका थिए। नमस्ते खरसाङ च्यानलको स्थापना दिवस विषयमा विविध जात गोष्ठीलाई लिएर डाकेको सभा सभामा नमस्ते खरसाङको सल्लहाकार उमेश कार्कीढोलीले सबैलाई धन्यवाद दिँदै आगामी कार्यक्रम र सभा विषयमा जानकारी गराएका थिए।उल्लेखनीय छ नमस्ते खरसाङको दशौँ स्थापना दिवसमा विभिन्न जात गोष्ठीका प्रतिनिधिहरुद्वारा विभिन्न लोक संस्कृतिमाथि आधारित कार्यक्रम प्रस्तुत गरेर पालन गरिने भएको छ। नमस्ते खरसाङको स्थापना दिवस आगामी १० अगस्त २०२५ मा मनाईरहेको छ। नमस्ते खरसाङ च्यानलले सामाजिक, साहित्यिक, सांस्कृतिक एवं सांगीतिक कार्यक्रम आयोजना गर्दै आईरहेको छ भने स्थापना दिवस वृध्द आश्रममा एंव सामाजिक कार्यहरु गर्दै पालन गर्दै आईरहेको छ। यसपाली विभिन्न जात गोष्ठीबाट लोक संस्कृति कार्यक्रमहरुका साथमा पालन गर्ने भएको छ।