खरसाङको नारी एकता संस्थाद्वारा गाउँ सफाई अभियान सम्पन्न

IMG-20250712-WA0107

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १८ भानुटोल नयाँ बजारको ‘नारी एकता संस्था’ गाउँ घरका समाज मिलेर गाउँ सफाई अभियान सम्पन्न गरिएको छ‌। उक्त क्षेत्रका नाली बाटो एवं बर्खाको समयको‌ झार जंगल काटी सफाई कार्य गरिएको छ भने वर्तमान विभिन्न रोगदेखि बचाउन झोडा नालातिर ब्रिचिङ पाउडर छर्ने कार्य पनि गरिएको छ। हामी खरसाङ नगरपालिका क्षेत्रमा बसेकोले नगरपालिकालाई मात्र पर्खिरहन हुँदैन, उनीहरूले आफ्नो कार्य सदैव गरिरहेकै हुन्छ। तर समय समयमा हाम्रो गाउँ समाजको दायित्व निर्वाह गर्नु नै समाजिक संघ संस्थाको दायित्व रहेको बताउँदै उक्त सफाई अभियान आयोजना गरिएको छ।

आजको सफाई कार्यक्रममा नारी एकता संस्थाको तर्फबाट सुष्मा तिरूवा, पन्चु बल, रोमा गुरूङ, शर्मिला प्रधान एवं वार्डका नारी दिदी-बहिनीहरुले सहभागिता जनाएका थिए।‌ सफाई अभियान विषयमा नारी एकता संस्थाको तर्फबाट सुष्मा तिरुवाले विस्तृत जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement