युवतीले बैंकबाट आफ्नै लुटिन्, तर्साउनलाई खेलौना बन्दुक प्रयोग

00-Bank-robbery-with-toy-gun

एक युवतीले खेलौना बन्दुक देखाएर बैंक लुटिन्। बैंकबाट १६ लाखभन्दा बढी रकम लिएर उनी भागिन्l चाखलाग्दो कुरा यस्तो छ, युवतीले आफ्नो खातामा जम्मा गरेको पैसा मात्र लुटिन्। युवतीले बैंक लुट्दा लाइभ भिडियो पनि बनाइन्। जुन अहिले भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा उनका तस्विरहरु चर्चाको विषय बनेका छन्।

घटना लेबनानको हो। जहाँ २८ वर्षीय अभियन्ता साली हाफिज खेलौना बन्दुक लिएर बुधबार बेरुत बैंक पुगेकी थिइन्। यहाँ उनले बन्दुक देखाउँदै बैंकका कर्मचारीलाई फिल्मी शैलीमा पैसा निकाल्न लगाइन्। युवतीको हातमा बन्दुक देखेर मानिसहरु आत्तिए र बैंकमा आतंक फैलियो। कोलाहलका बीच साली हाफिजले आफू कसैलाई मार्न नआएको बताइन्। उनले लामो समयदेखि बैंकमा अड्किएको आफ्नो खातामा जम्मा भएको पैसा मात्रै झिक्न आएको भनिन्। हाफिजले क्यास काउन्टरमा उपस्थित कर्मचारीलाई बन्दुक देखाएर धम्की दिएर खाताबाट जबरजस्ती १३ हजार डलर निकालिन्। हाफिजले यो सम्पूर्ण घटनाको लाइभ शुटिङ गरेकी थिइन्। भिडियोमा उनले आफ्नी बहिनीको क्यान्सरको उपचारका लागि तत्काल पैसा चाहिएको बताएकी छिन्। उनका अनुसार उनको खातामा यसअघि नै करिब २० हजार डलर निक्षेप रहेको थियो। तर पछिल्ला तीन वर्षमा उनले यो पैसा निकाल्न पाइनन्। भाइसका अनुसार लेबनानमा आर्थिक संकटका कारण बैंकहरूले पैसा निकाल्ने सीमा तोकेका छन्। जसअनुसार मानिसहरूले महिलामा २०० देखि ४०० डलर मात्र निकाल्न पाउँछन्। २०१९ मा शुरु भएको आर्थिक संकटपछि लेबनानी सरकारले बैंकको निक्षेप तीन वर्षदेखि रोक्का गरेको छ। जनता आफ्नै पैसा निकाल्न चिन्तित भएका छन्। बैंकले आफ्ना ग्राहकलाई निश्चित रकम मात्रै दिने गरेको छ।

भिडियोमा युवतीले भनिन्, ‘म साली हाफिज हुँ, आज अस्पतालमा मृत्युसँग लडिरहेकी बहिनीको उपचारका लागि पैसा लिन आएकी हुँ। म कसैलाई मार्न आएको होइन… आफ्नो अधिकार माग्न आएको हुँ।’ हाफिजले अझ भनिन् कि उनी बारम्बार बैंकमा पैसा माग्न गइन् र तर हरेक पटक उनलाई मासिक २०० डलर मात्र दिन सकिने बताइएको थियो। घटनास्थलमा उपस्थित एएफपी संवाददाताले भने कि डकैतीको क्रममा बैंक भित्र ज्वलनशील पदार्थ खन्याइयो। युवतीले जताततै ग्यासोलिन फालेर लाइटर बालेर जलाउने धम्की दिएको बैंकका ग्राहक नादिन नखलले बताए। उनले बन्दुक बोकेर पैसा नदिए बैंक म्यानेजरलाई गोली हान्ने धम्की दिएको समेत बताए।

https://twitter.com/TheNationalNews/status/1570067559004635136?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1570067559004635136%7Ctwgr%5E7394ae08ca7a7908b8a0f5766024ff2dc52a194c%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.dcnepal.com%2F2022%2F09%2F403434%2F

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement