नयाँ दिल्ली: शक्तिशाली तुफान ‘नानामाडोल’ले दक्षिण–पश्चिम जापानमा यातायात सेवा अवरुद्ध गरेको छ। मिडिया रिपोर्टहरूका अनुसार मौसम अधिकारीहरूले दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा तीव्र हावा, उच्च र तुफानबेहरीको लागि आपतकालीन चेतावनी जारी गरेका छन्। शक्तिशाली तुफानले केही दशकमा एकपटक मात्रै देखिने खालको प्रकोप निम्त्याउन सक्छ। अधिकारीहरूका अनुसार प्रतिघण्टा १८० किलोमिटरको अधिकतम गतिमा पुग्ने हावाले उत्तरी र दक्षिणी क्युसु र अमामी टापुहरूमा असर गर्नेछ। तटमा हिर्काउँदा, यो गति २५२ किलोमिटर प्रति घण्टा हुनसक्छ। सोमबार बिहानसम्म दक्षिणी क्युसुमा ६०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ।
एजेन्सीले तुफान ठूलो भएकाले यसबाट टाढाका क्षेत्रमा वर्षा र हावाहुरी तीव्र हुनसक्ने चेतावनी पनि दिएको छ। सोमबारदेखि पश्चिमी र पूर्वी जापानका केही भागमा भारी वर्षाको सम्भावना छ। सार्वजनिक प्रसारक एनएचके वर्ल्ड जापानका अनुसार यो तुफान उत्तरपूर्वतर्फ सरेर मङ्गलबारसम्म जापानको मुख्य टापु होन्सु हुँदै जानेछ। आइतबार दक्षिणपश्चिम जापानमा शक्तिशाली तुफान आउनुअघि करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ। बिहान ११ बजेसम्म जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले दिनको लागि पाँच सय भन्दा बढी उडानहरू रद्द गरिएको थियो। जापान एयरलाइन्सले ३७६ उडान रद्द गर्ने योजना बनाएको छ भने अल निप्पन एयरवेजले १९ उडान कटौती गर्नेछ। अन्य एयरलाइन्सले पनि सोमबारदेखि सेवा रद्द गर्दैछन्।









