भारतीय ग‍ोर्खा प्रजातान्त्रिक मोर्चा चौतेपानी युनिटद्वारा गाउँ सफाई कार्य सम्पन्न

IMG-20250712-WA0089

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको भारतीय ग‍ोर्खा प्रजातान्त्रिक मोर्चा चौतेपानी युनिटद्वारा गाउँ सफाई कार्यकाे थाल्नी गरिएको छ। चैतेपानी युनिटद्वारा आज चैतेपानी क्षेत्रको मुख्य सडकदेखि गाउँ पस्ने बाटोमा भएको घाँस पात झार जंगलहरुक सर सफाई गरियो भने बन्द भएको नालाहरु खोलिएको साथै क्षेत्रीय सभासद श्याम शेर्पाले प्रदान गरिएको ब्लिचिङ्ग पाउडर छर्ने कार्यहरु गरिएको पनि जानकारी प्राप्त भएको। यस सफाई कार्यमा क्षेत्रीय सभासद श्याम शेर्पा विशेष रुपमा उपस्थित रहेका थिए‌। विशेष भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चैतेपानी युनिटका सभापति सन्चवीर राई, सचिव नवराज गजमेर, विरज राई, प्रशान्त शर्मा, प्रमोद सुब्बा, सञ्जय लोहागण, सुनिल रुचाल, लक्ष्मुण शर्माकाे नेतृत्व र पहलमा गरिएको कार्यक्रममा गाउँलेहरुको उपस्थिति रहेको थियोे। यस कार्यक्रमबारे गाउँवासी प्रशान्त शर्माले जानकारी गराए अनुसार बर्खायामा गाउँकाे बाटोमा घाँसपात, झार-जंगल पलाएर हिँड्नु अप्ठ्यारो हुन्छ। सर्पहरुकाे पनि डर हुन्छ। बाटो चिप्लो भएर लड्ने सम्भवना रहन्छ। विगतमा कतिपय मानिसहरु लडेर हड्डी पनि भाँचिएको थियोे। यसैले हामीले आज बाटो सरसफाइ गर्ने, नालाहरु खोल्ने, झार जंगल फाड्ने कार्य साथै बाटोमा ब्लिचिङ्ग पाउडर छर्ने कार्य गरेको बताएका छन्।

यो कार्यक्रम एउटा जागरुता फैलाउने कार्यक्रम पनि रहेको हाे र आफ्नो गाउँ घर आफै सर सफाई राख्नुपर्छ। विभागमा मात्रै भर पर्नु हुँदैन र मैला गर्नु हुँदैन भन्ने सोच पनि पलाउभछ। आजदेखि शुरुआत भएको सफाई कार्यक्रम निरन्तर जानेछ र भोलिदेखि फेरि युवा शक्तिले निरन्तर कार्य गर्ने भएको छ। यस कार्यकाे लागि क्षेत्रीय सभासद श्याम शेर्पा केही क्षणकाे लागि भए पनि उपस्थिति दिनु भएकोमा साथै यस कार्यक्रमकाे लागि ब्लिचिङ्ग पाउडर प्रदान गरेकोमा साथै असल असल सुझाव दिएकोमा सम्पूर्ण गाउँवासीकाे तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ भनी बताएका छन्। यसको साथै ललिता छेत्री अनि सम्पूर्ण गाउँवासी जस जसले सहभागिता जनाउने सहयोग हातहरुलाई धन्यवाद टक्राएको प्रचार प्रसार सदस्य विरस राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement