आफ्नो कमजोरीमा सुधार गर्न चाहन्छन् नीरज चोपड़ा

1752306152737

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा यस सालको अन्तमा हुने वर्ल्ड च्याम्पियनशीपको तयारीमा कुनै कमी राख्न चाहँदैनन्। नीरजले बताएअनुसार, उनले आफ्नो खेलमा एउटा समस्या खोजेका छन् अनि त्यसमा चाँड़ै सुधार गर्नेछन्। नीरज वर्ल्ड च्याम्पियनशीपमा आफ्नो दोस्रो स्वर्ण पदक जित्न चाहन्छन्। नीरज यस सीजनमा असाधारण फर्ममा रहेका छन् अनि उनले हालै नीरज क्लासिकमा जीत हासिल गरेका थिए। वर्ल्ड च्याम्पियनशीपको आयोजन १३-देखि २१ सेप्टेम्बरसम्म जापानको टोक्योमा हुनेछ। नीरज यस टुर्नामेण्टमा पदक जित्ने प्रबल दावेदार हुनेछन् अनि यसको निम्ति ५७ दिनसम्म चेक रिपब्लिकको प्रागस्थित निम्बर्कमा अभ्या गर्नेछन्। नीरज लगातार ९० मीटरको आँकड़ालाई छुन निरन्तरतामाथि पनि काम गर्न चाहन्छन्। नीरजले भने, मैले पहिला ननै आफ्नो एउटा कमी पहिचान गरेको छु अनि त्यसमाथि मैले काम गर्नु पर्नेछ। भाला फ्याँक्दा म अधिकांश समय नै आफ्नो देब्रे तर्फ लड़्छु। हामीले यसमाथि काम गर्ने आवश्यकता छ। ट्रेनिंगको समय यस्तो हुँदैन तर प्रतियोगिताको साथ अतिरिक्त प्रयास गर्दा यस्तो हुने गर्छ। मैले यस साल ९० मीटरभन्दा अधिकको थ्रो गरिसकेको छु तर बारम्बार यस्तो गर्न मैले अधिक निरन्तरताको देखाउनु पर्नेछ। म लगातार ८८-८९ मीटरको छेउछाउ थ्रो गरिरहेको छु अनि प्रशिक्षक पनि खुशी छन् तर मैले आफ्नो प्रदर्शनमा अझ निरन्तरता देखाउनु पर्नेछ। नीरजले भने, मेरो अघिल्लो लक्ष्य वर्ल्ड च्याम्पियनशीप हो अनि म त्यहाँ जित्न चाहन्छु। त्यसको निम्ति सर्वश्रेष्ठ तयारी गर्न कुन-कुन टुर्नामेण्टमा खेल्न सक्नेछु भनेर म आफ्नो प्रशिक्षकसँग योजना बनाउनेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement