ओपन नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

IMG_20220918_182642.jpg

१८ सेप्टेम्बरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजन गरिने ओपन नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी गरियो। गुम्ती खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टको शुरुवात २५ सेप्टेम्बरदेखि हुनेछ। टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिनेछ। दुईवटा सेमिफाइनल ६ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement