एक अज्ञात व्यक्तिको मृत देह राष्ट्रिय राजमार्गबाट गरियो उद्धार

dead-2-n

राजगञ्ज: सिलगढी जलपाईगढी ३१ नम्बर राष्ट्रिय राजमार्गको जटियाकाली संलग्न जियागञ्ज इलाकाबाट एक अज्ञात व्यक्तिको मृत देह उद्धार गरिएको छ। स्थानीय सूत्र अनुसार जटियाकाली संलग्न इलाकामा मानसिक रूपमा अस्वस्थ्य उक्त व्यक्तिलाई हिजो देखिएको थियो। आज बिहान राष्ट्रिय राजमार्गमा उक्त व्यक्तिको मृत देह उद्धार भएको छ। के कारणले गर्दा उक्त व्यक्तिको मृत्यु भएको हो भन्ने विषयमा हालसम्म केही थाहा नलागेको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement