लर्ड्स: भारतीय पेस बलर जसप्रीत बुमराहले ईंग्ल्याण्डविरुद्ध जारी तेस्रो टेस्ट म्याचमा असाधारण बलिंग गर्दै ५ विकेट हासिल गरे। ईंग्ल्याण्डको पहिलो ईनिंग्समा उनले विपक्षी ब्याटरहरूलाई दबाउमा राखे। दोस्रो टेस्ट म्याचमा आराम गरेर खेलमा फर्किने बुमराहलाई असल फर्ममा देखियो। यस प्रदर्शनको साथ बुमराहले इतिहास रच्दै विदेशी माटोमा सर्वाधिपल्ट ईनिंग्समा ५ विकेट लिने भारतीय बलरको रूपमा महान कपिल देवको रेकर्ड तोड़े। ईंग्ल्याण्डको पहिलो ईनिंग्समा बुमराहले २७ ओभरमा ७४ रन खर्च गरी ५ विकेट लिए। यसरी बुमराहले विदेशी माटोमा १३ पल्ट ईनिंग्समा ५ विकेट लिइसकेका छन्। कपिल देवले १२ पल्ट यस उपलब्धिलाई हासिल गरेका थिए। बुमराहले २०१८-मा भारतीय टेस्ट टीममा पदार्पण गरेका थिए। त्यसपछि उनी टीम इण्डियाको महत्त्वपूर्ण खेलाड़ी बनेका छन्। अहिलेसम्म बुमराहले ४७ वटा टेस्ट म्याचमा २१५ विकेट लिएका छन्। यसमा उनले १५ पल्ट ईनिंग्समा ५ विकेट लिएका छन्। बुमराहले वनडेमा १४९ र टी२० इण्टरनेशनलमा ८९ विकेट पनि लिएका छन्। आज तेस्रो टेस्ट म्याचको दोस्रो दिन ईंग्ल्याण्डको पहिलो ईनिंग्स ३८७ रनमा समाप्त भयो।