राज्यको जीपीयूस्तरमा वित्तीय समावेशीकरण अभियान शुरु

IMG-20250711-WA0150

गान्तोक: भारत सरकारको वित्त मन्त्रालयको वित्तीय सेवा विभागले ग्राम पञ्चायतस्तरमा वित्तीय समावेशीकरण योजनाअन्तर्गत सामाजिक सुरक्षा योजनाहरूलाई सन्तृप्त गर्नका लागि राष्ट्रव्यापी अभियान शुरु गरेको छ। सिक्किममा यो अभियान १ जुलाई, २०२५ मा राज्यस्तरीय ब्याङ्कर्स समिति सिक्किमको तत्त्वावधानमा शुरु गरिएको थियो। यस कार्यक्रममा जिल्ला पञ्चायत डी लेप्चा, राज्य सरकारका अधिकारी, एजीएम-एसएलबीसी ब्याङ्कर्स र लाभार्थीहरू सहित जनप्रतिनिधिहरूले भाग लिएका थिए। यस अभियानको उद्देश्य सिक्किमका नागरिकहरूमा वित्तीय समावेशीकरण र सामाजिक सुरक्षालाई प्रवर्द्धन गर्नु हो। १ जुलाई, देखि ३० सेप्टेम्बरसम्म चल्ने तीन महिनाको यस अभियानले सिक्किमका सबै १५३ ग्राम पञ्चायतहरूलाई समेट्ने लक्ष्य राखेको छ। यस अवधिमा अभियान धेरै प्रमुख गतिविधिहरूमा केन्द्रित हुनेछ। यसअन्तर्गत सटीक ग्राहक जानकारी सुनिश्चित गर्नका लागि सबै बचत ब्याङ्क खाताधारकहरूको पुनः केवाईसी गरिनेछ। वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नका लागि प्रधानमन्त्री जनधन योजनाअन्तर्गत ब्याङ्किङ सेवाहरूबाट वञ्चित वयस्कहरूको लागि ब्याङ्क खाता खोलिनेछ। नागरिकहरूलाई सामाजिक सुरक्षा कभर प्रदान गर्नका लागि प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना र अटल पेन्शन योजनाअन्तर्गत नामाङ्कन गरिनेछ। नागरिकहरूलाई सुरक्षित ब्याङ्किङ अभ्यासहरूको बारेमा साक्षार गर्नका लागि डिजिटल धोकाधड़ी सम्बन्धी जागरूकता सत्र आयोजित गर्ने र लम्बित खाताहरूमा नामाङ्कन अद्यतन गर्ने सुविधा प्रदान गर्ने तयारी गरेको छ।
आजसम्म, २१ जीपीयूहरूलाई कभर गरिसकिएको छ र बाँकी अभियान अवधिमा कभर गरिनेछ। यो अभियानले सिक्किमका हजारौँ नागरिकहरूलाई फाइदा पुऱ्याउने अपेक्षा गरिएको छ। जसले राज्यमा वित्तीय समावेशीकरण र सामाजिक सुरक्षालाई बढ़ावा मिल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement