विधायक खरेलले लिए ग्रामीण योजनाहरुको स्थलगत जायजा

IMG-20250711-WA0149

गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक एवं विध्युत विभागका सल्लाहकार सञ्जीत खरेलले आज बिहान क्षेत्रका विभिन्न ठाँऊहरुको निरीक्षण गरे। निरीक्षणको क्रममा उनले सीताराम डाँडामा पर्यटक स्थलको निर्माणधीन कार्यको जायजा लिनका साथै क्षेत्रको एसकेएम पार्टी कार्यालयको पनि भ्रमण गरे। यसरी नै दोङमा रहेको प्राकृतिक झरणाको पनि भ्रमण गरे। यसैगरी आज उनले क्षेत्रको निज रम्बेङ ग्राम पञ्चायत इकाइको तिङलेमा रहेको सुनौली डाँडाको पनि अवलोकन गरे। स्थानीय ग्राम पञ्चायत इकाइका नारी शक्तिहरुसँग पनि भेट गरेका थिए। उनले जन समस्याहरुको समाधान गरिदिने वचन दिए। सोही प्रकारले रम्फूमा रहेको पार्टी कार्यालय भ्रमण गर्दै पार्टी कार्यकर्ताहरूसँग अन्तर्क्रिया पनि गरे। अन्तर्क्रियाको क्रममा उनले पार्टी कार्यकर्ताहरूलाई जनहितका लागि ध्यान दिनुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement