गान्तोक: गत १ जुलाईदेखि शुरू भएको पर्यावरण पर्वअन्तर्गत आज राज्यको विभिन्न स्थानमा ग्रीनवक आयोजन गरियो। पर्यावरणलाई बढावा साथै जागरूकता गराउने उद्देश्यले नाम्ची जिल्लामा ग्रीनवक आयोजन गरियो। गान्तोकदेखि शुरु भएको ग्रीनवकको समापन जिल्ला वन कम्पलेक्समा पुगेर समापन भयो। कार्यक्रमको आयोजन वन विभागले गरेको थियो। कार्यक्रममा, डीएफओ छितेन टाशी लेप्चाले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारे। विभागीय अधिकारीहरू र कर्मचारीहरूलाई दैनिकरूपमा वाहनको साटो पैदल यात्रा गर्ने दिशामा प्रोत्साहित गरेको छ। यसक्रममा गान्तोक जिल्लामा पनि ग्रीनवक आयोजन गरियो। यस अवसरमा वन्य एवं पर्यावरण विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले झण्डा हल्लाएर प्रस्थान गराएका थिए। गान्तोकको एमजी मार्गबाट शुरू भएको ग्रीनवक देउराली पुगेर समापन भएको थियो। यस ऱ्यालीमा विधायक तेञ्जिङ नोर्बू लाम्ठा लगायत वन विभागका अधिकारी साथै कर्मचारीहरूले पनि सहभागिता जनाएका थिए। सोही प्रकारले मंगन जिल्लामा पनि पर्यावरण पर्वको अवसरमा ग्रीनवक आयोजन गरियो। मंगन जिल्लाको वन्य एवं पर्यावरण विभागद्वारा आयोजित कार्यक्रममार्फथ मानिसहरुलाई पर्यावरणबारे जागरुकता गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डीएफओ मञ्जील खरेलले ग्रीनवकको महत्वबारे जानकारी गराए।