नाम्ची: नाम्ची जिल्लाका वुथ लेभल अफिसर र सुपरभाइजरहरूलाई लिएर प्रशिक्षण कार्यक्रम शुरू भएको छ। प्रशिक्षण कार्यक्रम आगामी १४ जुलाईसम्म रहनेछ। नाम्ची जिल्लाका जिल्लापाल अनुपा ताम्लिङको निगरानीमा सम्पन्न भइरहेको प्रशिक्षण कार्यक्रम जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भइरहेको छ। यस अवसरमा निर्वाचन क्षेत्रस्तरीय मास्टर ट्रेनर प्रविण गौतम, नामथाङका महकुमा उपेन्द्र राई स्रोतवक्ताकारूपमा रहेका थिए। प्रशिक्षण कार्यक्रममा १३९ जना बीएलओ र १८ जना सुपरभाइजरले सहभागिता जनाएका छन्। निर्वाचन आयोगको दिशानिर्देशमा प्रशिक्षण आयोजना गरिएको हो भने यसको मुख्य उद्देश्य मतदाता सूचीमा भएको कतिपय त्रुटीहरूलाई सुधार्नको साथै त्रुटिरहित मतदाता नियमवाली बनाउनु रहेको हो।