अन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रमको आयोजना

IMG-20250711-WA0121

सोनादा: अन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-अपरेटिभ बैंक र को-अपरेटिभ विभागको संयुक्त तत्वावधानमा एक विशेष जागरूकता कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा सहकारी विभाग, उत्तरी क्षेत्रका सहायक शिक्षा अधिकारी सरगम बराइली र को-अपरेटिभ बैंकका फिल्ड अफिसर शुभम छेत्री विशेष अतिथि रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक हरिश कमल लिम्बुले गरेका थिए। कार्यक्रम अवधि विद्यार्थीहरूलाई सहकारीको महत्वका साथै वृक्षारोपणको आवश्यकता विषयमा जानकारी दिइयो। यसको साथै विद्यार्थीहरूले वृक्ष रोपणमा पनि सक्रिय सहभागिता जनाएका थिए। सहयोगात्मक र शैक्षिक वातावरण सिर्जना गर्न विद्यालयले खुल्ला हाजिरी जवाफ तथा हिज्जे प्रतियोगिता पनि आयोजना गर्‍यो।
हाजिरी जवाफ प्रतियोगितामा अनन्त राई प्रथम, गौरव प्रधान दोस्रो र एरोन तामाङ तेस्रो स्थानमा रहे भने हिज्जे प्रतियोगितामा स्वादिप तामाङ प्रथम, रोनित राई दोस्रो र सशांक तामाङ तेस्रो स्थानमा रहेका छन्।
विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरियो। कार्यक्रमको समापनमा प्रधानाध्यापक लिम्बुले सम्पूर्ण अतिथि, विद्यार्थीहरु र आयोजकलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर रुपमा आयोजना गर्ने प्रतिवद्धता जनाएको जानकारी रंगबुलबाट रूपेश क्षेत्रीले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement