नव जागरण च्यालेञ्ज ट्रफीः लंगभ्यू बरबोटे युनाइटेड र दखली एफसी विजयी

IMG_20220918_180655.jpg

१८ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा लंगभ्यू बरबोटे युनाइटेडले टिंगलिंग युनाइटेडलाई २-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा दखली एफसी-ले थर्बु बोइज क्लबलाई ६-०-ले पराजित गऱ्यो। सोमवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा जंक्शन स्टार सिलगढ़ी र मञ्जु एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच अदलपुर एफसी र मरमाह संयुक्त मञ्चबीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement