सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा २११औँ भानु जयन्ती पालन

IMG-20250711-WA0118

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्ती समारोह विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसँग पालन गरिएको छ।विद्यालयका प्रधानाध्यापक दिपेन्द्र मुखियाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा भारतीय नेपाली साहित्यका लब्धप्रतिष्ठित साहित्यकार साङ्मु लेप्चा, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार एंव ईजा प्रकाशनकी संस्थापिका मञ्जुला तामाङ, पूर्व विद्यार्थी संगठनका सभापति एवं सचिव दोर्जे शेर्पा तथा बुद्ध राई, रमेश बन्धु प्रकाशनका रसिक छेत्री लगायत अन्यहरु विशेष उपस्थित रहेका थिए। समारोहमा विद्यालयका विद्यार्थीहरूद्वारा कविता वाचन,गीत तथा नृत्य प्रस्तुत गरे भने छात्राहरूद्वारा भानुभक्तकृत आध्यात्म रामायणका विभिन्न काण्डहरूका पाठ गरे।
विद्यार्थीद्वय अनुराग प्रधान अनि सिवाङ्गी गुरूङद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा.साङ्मु लेप्चालाई साहित्य अकादमी बाल साहित्य पुरस्कार २०२५ प्राप्त गरेवापत अङ्ग वस्त्र, प्रशस्तीपत्र, स्मृति चिन्हद्वारा सम्मानित गरियो भने विशिष्ट अतिथि वरिष्ठ साहित्यकार मञ्जुला तामाङलाई पनि स्वर्ण जयन्ती सम्मान अर्पण गरियो। प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा समारोह विषय आ आफ्नो वक्तव्य राखे भने शिक्षक नरेश कटुवालद्वारा विद्यालयद्वारा गरिएको साहित्यिक समारोह अनि गतिविधिबारे वक्तव्य राखे। यस भानु जयन्ती समारोहमा विद्यालयका विद्यार्थीहरुले उत्साहसाथ भाग लिएका‌ थिए। स्मरण रहोस् यस विद्यालयको स्थापनाको स्वर्ण जयन्ती समारोह विभिन्न माध्यमबाट पालन गरिरहेको छ भने यसै अन्तर्गत साहित्यिक समारोहमा उक्त कार्यक्रम गत वर्षभन्दा अझ वृहत गरेर विद्यार्थीहरूको साहित्यिक प्रतिभालाई उजागर गर्ने कोशिष गरिएको कुरा प्रधान अध्यापक दिपेन्द्र मुखियाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement