खरसाङमा भव्य रुपमा भानु जयन्ती समारोह हुने

IMG-20250711-WA0117

खरसाङ: खरसाङमा यसपाली भव्य रुपमा भानु जयन्ती समारोह सम्पन्न हुने भएको छ। यसपाली खरसाङमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा यसपाली आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती समारोह आयोजना गरिने भएको छ। उक्त भानु जयन्ती समारोह अन्तर्गत अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने भएको विभाग खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बन दामले जानकारी गराएका छन्।
उनले बताए अनुसार कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालनसितै खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्। उनले खरसाङमा‌ आयोजित भानु जयन्ती अन्तर्गत बिहान १० बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको‌ आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम आयोजना गरिने र ११ बजीदेखि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्। यसको साथै आदि कवि भानुभक्त आचार्यको फुटकर कविताहरु वाचन र विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिने भएको जानकारी गराएका छन्। उनले यसपालीको भानु जयन्ती समारोहमा मुख्य अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्रध्यापक मेघनाथ छेत्री उपस्थित रहने जानकारी गराएका छन्। उनले यसपालीको भानु जयन्ती कार्यक्रममा खरसाङ क्षेत्रका कलेज, विभिन्न विद्यालयहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, गोर्खा जनपुस्तकालय खरसाङको सदस्य-सदस्याहरु सबैलाई पत्रचार गरिएको र सबैलाई कार्यक्रममा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement