खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा शुक्रवार दुई म्याच भयो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजनको म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले आईटीआई टुंग फूटबल एकाडमीविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट निशान्त छेत्री, अभिषेक ठाकुरी, निवांग तामाङ र अलोन्सो तामाङले १-१ गोल गरे। यसरी आईटीआई टुंग एफएको तर्फबाट मनिष र कृतनले १-१ गोल गरे।

दोस्रो म्याच (च्याम्पियनशीप डीविजन)-मा घुम्ती फूटबल क्लबले तीनधारे बोयजविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, रेबिका प्रधान र सुरेन गुरुङ सामेल थिए। सञ्जय थापा र प्रतीक प्रधान फोर्थ अफिसियल थिए।