राजगञ्ज: आज स्थानीय मानिसहरूले सडकको मरमत्तिको माग गर्दै राजगञ्ज विधानसभा अन्तर्गत बेलाकोवा अस्पताल रोड अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। स्थानीय मानिसहरूको भनाई अनुसार केही महिनादेखि उक्त सडक बेहाल अवस्थामा रहेकोले गर्दा यहाँ प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ। यसको साथै यहीँ सडक भएर विद्यार्थीहरूलाई स्कुल जान धेरै असुविधा भइरहेको छ भने यहीँ सडकमा बेलाकोवा अस्पताल रहेको छ। उक्त सडक बेहाल अवस्थामा रहेकोले रोगीहरूलाई अस्पताल लैजाने क्रममा निक्कै समस्या हुने गर्दछ। पुजा अगावै उक्त सडकको मरमति गर्ने भने तापनि हालसम्म गरिएको छैन। बेलाकोवा अञ्चलका उप प्रधान निर्मला दत्तले बताए अनुसार केही महिनाअघि सडक निर्माण गर्नको लागि शिलान्यास गरिएको थियो तर फन्डले गर्दा सडक निर्माण काम शुरू गरिएको छैन। फन्ड आए सडक निर्माण कार्य गरिनेछ। चाँडै नै उक्त सडकको निर्माण कार्य शुरू गरियोस् भन्ने विषयमा उच्च अधिकारीहरूलाई अवगत गराइनेछ।











