जीटीएबाट प्रदान गरिने विभिन्न पुरस्कारहरुको घोषणा

1752221974385

भानु पुरस्कार वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई प्रदान गरिने

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट प्रदान गरिने विभिन्न पुरस्कारहरुको घोषणा गरिएको छ। यसपाली जीटीएबाट प्रदान गरिने विभिन्न पुरस्कारहरुको घोषणा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा र उक्त विभागको सह निर्देशक भानुकान्त घिसिङले पत्रकार सम्मेलनमार्फत् घोषणा गरेका छन्। यसपाली जीटीएबाट प्रदान गर्ने पुरस्कारहरुमा दार्जिलिङका वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई भानु पुरस्कारद्वारा अलङ्करण गरिने भएको छ। त्यसरी नै पत्रकारितामा यसपालीको पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई प्रदान गरिने भएको छ। त्यसरी नै डीबी परियार स्मृति पुरस्कार(नाट्य/सिनेमा)-टेकबहादुर बराईलीलाई र यसपालीको जी डगलस स्मृति पुरस्कार(चित्रकला) मा सिद्धार्थ राईलाई प्रदान गरिने भएको जानकारी गराएका छन्।‌ कार्यकारी सभासद अनोश थापाले जानकारी गराए अनुसार यसपाली सामाजिक कार्यको लागि प्रदान गरिने धनवीर मुखिया स्मृति पुरस्कार स्व पञ्चरत्न प्रधानलाई प्रदान गरिने भएको छ। उनले बताए अनुसार यी पुरस्कारहरु सूचना अनि संस्कृतिक विभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा आगामी १३ जुलाई २०२५ को दिन गोर्खा रंगमञ्च भवन दार्जिलिङमा समय ११ बजी बिहान जीटीएको मुख्य कार्यपाल अनित थापाको मुख्य आतिथ्यमा सम्पन्न हुने समारोहमा प्रदान गरिने भएको छ। उक्त कार्यक्रममा सम्पूर्ण साहित्य, कला, भाषाप्रेमी एवं जन साधारणलाई उपस्थिति दिने विनम्र निवेदन सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement