सिलगढी: दुर्गा पुजा कार्निभलको आयोजना आगमी ७ अक्टोबरको िन समपन्न गरिने भएको छ। आज मेयर गौतम देवले सहरको सडकहरूको निरीक्षण गरे। मेयर गौतम देवले आज सिलगढीका पुलिस अधिकारीहरूको साथमा भोक मोड, एयरभ्यू मोड र महानन्दा लाल महोन मौलिक निरञ्जनघाटको निरीक्षण गरे। आगामी ७ अक्टोबरमा सिलगढीमा दुर्गा पुजाको कार्निभलको आयोजना गरिने भएको छ, जहाँ लगभग ३० वटा पुरानो तथा ऐतिहासिक क्लबहरूले अंश ग्रहण गर्नेछन्। यस अवसरमा विधान रोडबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर हिलकार्ट रोड, सेभोक मोड़, एयरभ्यू मोड़ हुँदै महानन्दा लालमोहन मौलिक निरञ्जनघाटमा पुगेर समापन गरिनेछ। यस शोभायात्रामा एकातिर माताको प्रतिमा रहनेछ भने अर्कोतिर बंगालको संस्कृतिलाई उजागर गरिनेछ। उक्त कार्निभलमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। हिलकार्ट रोडमा सड़कको एकातिर मानिसहरूले कार्निभलको लुप्त उठाउन सक्नेछन्। यसैले आज मेयर गौतम देवले विभिन्न सड़कहरूको निरीक्षण गरे।











