तेस्रो टेस्ट म्याचको पहिलो दिन ईंग्ल्याण्डको ४ विकेटमा २५१ रन

IMG-20250711-WA0003

लर्ड्स: ईंग्ल्याण्डले जो रुटको उत्कृष्ट ब्याटिंगको सहायताले भारतविरुद्ध तेस्रो टेस्ट म्याचको पहिलो दिन आफ्नो पहिलो ईनिंग्समा ४ विकेट गुमाएर २५१ रन बनायो। पहिलो दिनको खेल समाप्त हुँदासम्म रुट ९९ र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित रहे। रुटले १९१ बल खेलेर ९ वटा चौका लगाइसकेका छन्। यसरी स्टोक्सले १०२ बल खेलेर ३ वटा चौका लगाएका छन्। भारतीय बलरहरूमा आज नीतीश रेड्डीले २ विकेट हासिल गरे। यसबाहेक रविन्द्र जडेजा र जसप्रीत बुमराहले १–१ विकेट लिए। रुट र स्टोक्सले मिलेर पाँचौं विकेटको निम्ति ७९ रनको अटूट पार्टनरशीप गरिसकेका छन्। यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको शुरुवात खराब रह्यो अनि ४४ रनमा दुवै ओपनर आउट भइसकेका थिए। ज्याक क्रली (१८) र बेन डकेट (२३)-लाई रेड्डीले एउटै ओभरमा आउट गरे। यसरी २ विकेट एउटै ओभरमा गुमाएपछि रुटले स्थितिलाई सम्हाले। उनले पहिला ओली पोपसँग मिलेर तेस्रो विकेटको निम्ति १०९ रनको पार्टनरशीप गरे। जडेजाले पोपलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। पोपले ४ वटा चौकाको साथ १०४ बल खेलेर ४४ रन बनाए। त्यसपछि ईंग्ल्याण्डले ह्यारी ब्रूकको विकेट चाँड़ै गुमायो, जसले ११ रन बनाए। ब्रूकलाई बुमराहले बोल्ड गरे। ब्रूक आउट भएपछि चाहिँ रुट र स्टोक्सले मिलेर दिनको अन्तसम्म टीमलाई बचाएर राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement