फिफा ऱ्याङकिंगमा भारत झरेर १३३औं स्थानमा

IMG-20250710-WA0149

नयाँ दिल्ली: भारतीय पुरुष फूटबल टीम लगातार निराशाजनक प्रदर्शनले गर्दा फिफा ऱ्याङकिंगमा ६ स्थान झरेर १३३औं स्थानमा पुगेको छ। यो भारतको गत ९ सालमा सबैभन्दा खराब ऱ्याङकिंग हो। भारतले ४ जूनमा थाईल्याण्डविरुद्ध ०-२-ले अनि पछिबाट एएफसी एशियन कप क्वालीफायरमा हङकङविरुद्ध ०-१-ले हारको सामना गर्नु परेको थियो। दबाउले गर्दा मुख्य प्रशिक्षक मनोलो मार्केजले पनि अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ) सँग सम्बन्ध तोड़ेका थिए। यसअघि भारतीय टीमको सबैभन्दा खराब ऱ्याङकिंग (१३५औं स्थान) दिसम्बर २०१६ मा थियो।
भारतको अहिलेसम्मको सर्वश्रेष्ठ ऱ्याङकिंग फरवरी १९९६-मा थियो, जब टीमले ९४औं स्थान हासिल गरेको थियो। भारतीय टीमसँग अहिले १११३.२२ रेटिंग पोइण्ट्स रहेको छ। भारत अहिले ४६ वटा एशियाई देशहरूबीच २४औं स्थानमा रहेको छ। एशियाई देशहरूमा जापान शीर्ष (१७औं ऱ्याङकिंग) स्थानमा रहेको छ। भारतीय पुरुष फूटबल टीमले गत केही समयदेखि संघर्ष गरिरहेको छ। हङकङविरुद्ध हारले गर्दा भारतीय टीमको २०२७ एशिया कपमा क्वालीफाई गर्ने सम्भावना कम्ती भएको छ। भारतको अघिल्लो अन्तर्राष्ट्रिय म्याच अक्टोबरमा सिंगापुरविरुद्ध रहेको छ, जुन एशिया कप क्वालीफायरको तेस्रो चरणको म्याच हुनेछ। समग्रमा फिफा ऱ्याङकिंगमा अहिले वर्तमान विश्व च्याम्पियन अर्जेण्टिना शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement