खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीएको सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा बिहीवार दुई म्याच भयो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजनको म्याच मा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले खरसाङ लीजेण्ड्स भेटरन्सविरुद्ध ६-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रुस्तम प्रधानले ४ गोल गरे। यसबाहेक पंकज थापा र चिराग भुजेलले १-१ गोल गरे। यसरी खरसाङ लीजेण्ड्सको तर्फबाट छेडोन तामाङले १ गोल गरे। दोस्रो म्याच (च्याम्पियनशीप डीविजन)-मा त्रिशुली संघले खरसाङ भेटरन्स क्लबविरुद्ध ८-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट आर्यन राई र डीगेन प्रधानले ह्याट्रिक गरे।

आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, रेबिका प्रधान र प्रमोद प्रधान सामेल थिए। सञ्जय थापा र प्रतीक प्रधान फोर्थ अफिसियल थिए।