गान्तोक: लोकसभा सांसद एवं सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष डा. निशिकान्त दुबेले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको आधिकारिक आवासमा भेट गरे।
समिति हाल गुवाहाटी, सिलगढी र सिक्किमको अध्ययन भ्रमणमा रहेको छ।
उक्तट भेट भएको जानकारी
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा गारएका छन्। यस भेटको क्रममा सांसद दुबेले मुख्यमन्त्रीलाई समिति गुवाहाटी, सिलगढी र सिक्किमको अध्ययन भ्रमणमा रहेको जानकारी गराए। उनले भ्रमणको उद्देश्य क्षेत्रीय सरोकारवालाहरूसॅंग भेट गरेर प्रमुख डिजिटल पहलहरूको आधारभूत स्तरको कार्यान्वयनको मूल्याङ्कन गर्नु रहेको बताए।
मुख्यमन्त्री तामाङले समितिका सबै सदस्यहरूलाई फलदायी र प्रभावकारी भ्रमणको लागि शुभकामना व्यक्त गरेका छन्।