सिलगढीको विभिन्न स्कुलका पूर्व विद्यार्थीहरूद्वारा विद्यालयको युनिफर्मको रंग परिवर्तनको प्रतिवादमा ऱ्यालीको आयोजना

IMG_20220918_175735.png

सिलगढी: विद्यालयको यूनिफर्मको रङ्ग परिवर्तन गर्ने निर्णयको प्रतिवाद जनाउँदै सिलगढीका विभिन्न विद्यालयहरुको पुर्व विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन् । तर यसपल्ट पूर्व विद्यार्थीहरूले व्यक्तिगत रूपमा नभएर एकजुट भएर आन्दोलन गरेका छन्। सिलगढीको बाघाजतीन पार्क संलग्न इलाकाबाट आज पूर्व विद्यार्थीहरूले एउटा याली निकाले। स्मरण रहोस्, पश्चिम बंगालमा सरकारद्वारा स्कुल युनिफर्म परिवर्तन गर्न निर्णय लिएकोले यसको विरोध गर्दै विभिन्न स्कुलका छात्रा, अभिभावक तथा पूर्व विद्यार्थीहरूले लगातार विरोध प्रदर्शन गरिरहेका छन्। यसै क्रममा आज सिलगढी गर्ल्स हाई स्कुल, तराई तारापद आदर्श विद्यालय लगायत अन्य स्कुलका पूर्व विद्यार्थीहरूले एकसाथ मिलेर एउटा याली निकालेर नीलो र सेतो युनिफर्म नभएर तिनीहरूको पुरानो युनिफर्म नै चाहिन्छ भन्ने माग पनि गरे। यस अवसरमा पूर्व विद्यार्थीहरूले भने, स्कुल युनिफर्मको रङ्ग परिवर्तन गर्ने सरकारको निर्णय स्वीकार गरिने छैन। सरकारले उक्त फसेलामा पुनर्विचार गर्नु आवश्यक छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement