धर्म विभागीय मन्त्रीको केन्द्रीय रक्षामन्त्रीसँग भेट

IMG-20250710-WA0137

गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली गएका धर्म मामिला विभागीय मन्त्री सोनाम लामाले आज केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहसँग नयाँ दिल्लीमा भेट गरे। भेटको क्रममा मन्त्रीले सिक्किमको विकासीय योजनाहरूमाथि केन्द्रीय रक्षामन्त्रीसँग छलफल गरे। यस अवसरमा उनले सिक्किमका विभिन्न पुराना मागहरुबारे अवगत गराएका थिए। स्मरण रहोस्, सिक्किम सरकारका पीएचई तथा धर्म विभागीय मन्त्रीले आफ्नो आधिकारिक दिल्ली भ्रमणअवधिमा विभिन्न केन्द्रीय मन्त्रीहरुसंग भेट गरी सिक्किमका विभिन्न थाँतीमा रहेका मागहरुबारे जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement