पाकिममा विद्यार्थीहरूको ग्रीनवक

IMG-20250710-WA0136

पाकिम: पर्यावरण महोत्सवअन्तर्गत आज पाकिम जिल्लाको वन विभाग र सामाजिक वन्य डिभीजनको सहकार्यमा विद्यार्थीहरूको निम्ति ग्रीन वकको आयोजन गरियो।
वन विभागका डीएफओ पिन्छो भोटिया लगायत अन्य अधिकारीहरूले विद्यार्थी साथै शिक्षकहरुलाई लिएर कार्यक्रम आयोजन गरेको बताए। विद्यार्थीहरूलाई पर्यावरणको संरक्षणबारे जागरूकता गराउने उद्देश्यले बोझेटार ग्राउणडदेखि याक्तेनसम्म ग्रीनवकको आयोजन गरिएको हो। यसबीच विद्यार्थीहरूलाई कार्थोक नर्सरीको भ्रमण गराउँदै स्थानीय वनस्पति उद्भिदका प्रजातिहरूबारे जानकारी गराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement