सर्दोङ एबी डाँडामा वाहन दुर्घटना

IMG-20250710-WA0135

गेजिङ: मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत सार्दोङ स्कूल नजिकैको एबी डाँडामा वाहन दुर्घटना भयो। एसके ०२ जेड ०२५९ नम्बरधारी जाइलो गाडी देन्तामबाट पेलिङतर्फ गइरहेको अवस्थामा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भएको हो। घटनाको बेला वाहनमा चालक मात्र सवार थिए। दुर्घटनाको खबर फैलिनासाथ स्थानीय बासिन्दाहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। उनीहरूले घाइते चालकलाई उद्धार गरी तत्काल उपचारका लागि गेजिङ जिल्ला अस्पताल पठाइयो। हाल चालकको स्वास्थ्य खतरादेखि बाहिर रहेको जानकारी छ। स्थानीयहरूका अनुसार घटनास्थलको सडक अत्यन्तै साँघुरो र घुमाउरो रहेको कारण दुर्घटना भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement