गेलोंगटार बोयज र सुबास ग्राम स्पोर्टिंग क्लब विजयी

photocollage_2025710184645374

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बिहीवार दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा गेलोंगटार बोयजले दार्जीलिङ फूटबल सोसाइटीविरुद्ध १०-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अनुरोध देवानले ह्याट्रिक गरे। यसरी अभिजीत देवानले २ गोल गरे। सारुख सुब्बा, सञ्जीवन तामाङ, ग्याल्छेन तामाङ, ए देवान र आदर्श देवानले १-१ गोल गरे। दोस्रो म्याचमा सुबास ग्राम स्पोर्टिंग क्लबले ग्लेनरीज युनाइटेडविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट युगल लिम्बु, डेनियल तामाङ र बादल लिम्बुले १-१ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement