गान्तोक: सिक्किम स्वास्थ्य एवं परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेल र राज्य आयुष विभागकी सचिव सुचित्र रसाइली र स्वास्थ्य विभागका अतिरिक्त मुख्य अभियन्ता संजय सिंहले आज नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिव राजेश कोटेचासॅंग भेट गरे।
उक्त बैठक, सिक्किममा आयुष चिकित्सा र कल्याण प्रणालीहरू प्रवर्द्धन गर्ने प्रयासहरूमा एक महत्वपूर्ण कदम रहेको
स्वास्थ्य मन्त्री ढुङ्गेलले बताए। उनले नयॉं विभाग गठन गर्न विस्तारपूर्वक चर्चा गरेको र सिक्किमका जनतालाई अधिकतम लाभ पुर्याउने तरिकाहरू अन्वेषण गरेको आज जारी एक विज्ञप्तिमा बताएका छन्।
बैठकमा राज्यमा समग्र स्वास्थ्य सेवा र कल्याण प्रवर्द्धनमा आयुषको सम्भावनालाई प्रकाश पारिएको बताउॅंदै सिक्किमका जनताका लागि आयुष सेवाहरूलाई अझ सुलभ र प्रभावकारी बनाउन कार्यान्वयन गर्न सकिने विभिन्न पहलहरूको बारेमा पनि छलफल गरिएको उनले बताएका छन्। मन्त्री ढुङ्गेलले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा नयाँ विभाग गठनको लागि सरकारको सक्रिय दृष्टिकोणबाट सचिवले खुशी व्यक्ति गर्दै आफ्नो समर्थनको आश्वासन दिएको बताएका छन्।
यो बैठकले सिक्किमका जनतालाई फाइदा पुग्ने नयाँ अवसर र सहकार्यको बाटो खोल्नेछ भनी उनले विश्वास व्यक्त गरेका छन्।