कृषकहरूलाई कृषि उपकरण वितरण

IMG-20250709-WA0114

गान्तोक: नाम्ची जिल्ला वागवाणी विभागको पहलमा कृषि प्रशिक्षण एवं अलैंचीको बिरूवा वितरण कार्यक्रम बुलसिङताममा आयोजना गरियो।
यस कार्यक्रममा क्षेत्र विधायक सतिशचन्द्र राई मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक राईले वर्तमान सरकारको दिगो कृषि उत्पादनलाई बढावा दिन कटिबद्ध रहेको र कृषि क्षेत्रलाई विभिन्न तकनिकीको माध्यमद्वारा सशक्त बनाउने दिशामा पहल गरिरहेको बताए। उनले विशेष गरेर राज्यमा जैविक खेतीको महत्व साथै जैविक खेतीले कृषकहरूको आर्थिक स्थिति साथै जीवनशैलीमा सुधार ल्याउन सक्ने मन्तव्य प्रकट गरे। यसै क्रममा वागवाणी विभागाय अतिरिक्त निर्देशक डिकेन्द्र भूजेलले अलैंची सिक्किमको परम्परागत बाली र हिमाली राज्य सिक्किममा उत्पादन हुने महत्त्वपूर्ण नगदे बाली मध्ये एक फसल रहेको बताए। उनले ठूलो अलैंचीलाई असर गर्ने रोगहरू र विभागले अप्नाएको व्यवस्थापन रणनीतिहरूबारे पनि विस्तृतरूपमा अवगत गराउँदै यसले अलैंचीको खेतीलाई विस्तार गर्न लाभ पुग्ने बताए। यस अवसरमा कृषकहरूलाई स्वास्थ अलैंचीको बिरूवा, पावर ट्रिलर मशिनलगायत अन्य उपकरणहरू वितरण गरियो। विशेष गरेर खेतीलाई आधुनिक तकनिकी अनुसार उत्पादन गर्न सकिएमा कृषकहरू आत्मनिर्भर बन्न सक्ने विभागको लक्ष्य थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement