नाम्ची जिल्ला अस्पताललाई दुईवटा एम्बुलेन्स उपहार

IMG-20250709-WA0112

नाम्ची: यूनियन व्यांक अफ् इण्डियाले आफ्नो सीएसआर कोषबाट नाम्ची जिल्लालाई दुईवटा एम्बुलेन्स प्रदान गरेको छ। यस अवसरमा शहरी विकास विभागीय मन्त्री भोजराज राई मुख्य अतिथिकारूपमा उपस्थित थिए। साथमा क्षेत्र विधायक सतिशचन्द्र राई लगायत ब्यांकका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले आममानिसहरूको हितमा ब्यांकको परोपकारी कार्यले लाभ पुग्ने बताए। उक्त दुईवटा एम्बुलेसन्स अस्पतालले आपतकालिन अवस्थामा प्रयोग गर्ने अवगत गराएका छन्। मन्त्री राईले अस्पतालका अधिकारीहरूलाई वाहन रोगीहरूको सेवामा प्रयोग गर्ने आग्रह गर्दै नाम्चीमा निर्माणाधीन अवस्थामा रहेको ५ सय पलङयुक्त अस्पतालमा चाहिने आवश्यक चिकित्सा उपकरणहरूमा लाभ पुग्ने उल्लेख गरे। उनले विभाग प्रमुखहरू र डाक्टरहरूलाई जनहितका लागि काम गर्ने आह्वान गरे। यसका साथै, उनले पानीको समस्यालाई समाधान गर्न पानीको स्रोत बढाउने प्रयास भइरहेको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement