मलबाँसेमा अन्तर विभागीय रामायण पाठ र लोकगीत प्रतियोगिता

IMG-20250709-WA0110

गान्तोक: आगामी १३ जुलाईको दिन सोरेङमा पालन गरिने २११औं भानुजयन्ती समारोहलाई लिएर आज अन्तर विभागीय रामायण पाठ र लोक गीत प्रतियोगिता आयोजन गरियो। सोरेङ जिल्लाका छवटा खण्डलाई लिएर आयोजित कार्यक्रम मलबासेको डनबस्को स्कूलको प्रेक्षागृहमा सम्पन्न भएको थियो। भानुजयन्ती समारोह समितिद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस प्रकारको कार्यक्रमले विभिन्न विभागहरूभित्र लुकेका प्रतिभाहरूलाई मञ्च प्रदान गरेको बताए। उनले प्राचीनकालदेखि वर्तमानसम्म यसको सान्दर्भिकता पत्ता लगाउँदै रामायणको सांस्कृतिक र आध्यात्मिक महत्त्वमाथि प्रकाश पारे।
यसका साथै शर्माले कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सहभागी बनाउने आग्रह गरे। यसले आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने र उत्सवमा योगदान पुर्यागउन सक्ने मन्तव्य प्रकट गरे। यस अवसरमा रामायण पाठ प्रतियोगितामा भू-राजस्व एवं आपदा प्रबन्धन विभाग प्रथम बन्यो। कृषि विभाग दोस्रो बन्न सफल भयो. अन्तर विभागीय लोकगीत प्रतियोगितामा बैगुनै बीएससी प्रथम बन्यो भने मंगलबारिया दोस्रो स्थान ओगटन सफल भएको थियो। सोही प्रकारले लोकनृत्य प्रतियोगितामा सिक्किम युनाइटेड एकादमी पहिलो र सुदर्शन संघ दोस्रो बनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement