रंगबुल भेटरन्स एफसी र डीएम अफिस विजयी

photocollage_20257922650108

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बुधवार दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा रंगबुल भेटरन्स एफसी-ले युनाइटेड गोक रंगदु एफसी-विरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दुवै गोल फिञ्जो वांगदीले गरे। दोस्रो म्याचमा डीएम अफिसले टाउन युनाइटेड एफसीविरुद्ध ४-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट निखिल छेत्रीले २ गोल गरे। यसबाहेक पाल्देन तामाङ र अल्विन गुरुङले १-१ गोल गरे। यसरी टाउन युनाइटेडको तर्फबाट निशान्त सुब्बाले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement