चामुर्ची: चूनाभट्टी मजदूर क्लब, चामुर्चीको तत्त्वावधानमा आयोजित मदन सुब्बा स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा डाइना एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार खेलिएको रोमाञ्चक म्याचमा डाइना एफसी-ले मन्दीर इलेवेन चामुर्चीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमका क्रिस छेत्रीले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। फाइनल म्याच २७ जुलाईमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई च्यालेञ्जर कप रनिंग ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार दिइनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार दिइनेछ।