कोलकाता: दुर्गा पूजा आउन अब १३ दिन मात्र बाँकी छ। यस्तो अवस्थामा पश्चिम बङ्गालको राजधानी कोलकातालगायत राज्यका अन्य भागमा दुर्गा पूजासम्म लगातार वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। बङ्गालको खाडी नजिक न्यून चापीय प्रणाली बनेकाले दक्षिण बङ्गालमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अलिपुर मौसम विभागका अनुसार आउँदो मङ्गलबारदेखि न्यून चापका कारण केही स्थानमा भारी वर्षा हुनसक्छ। मङ्गलबार उत्तरपश्चिम र छेउछाउको पश्चिम–मध्य बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीको सम्भावना रहेको छ। यसको प्रभावले कोलकाता लगायत दक्षिण बङ्गालका जिल्लाहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पूर्वी मेदिनीपुर, दक्षिण २४ परगनामा भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रमा ४५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने सम्भावना रहेकाले समुन्द्रमा अशान्तिको सम्भावना रहेको जनाएको छ। बुधबार र बिहीबार माछा मार्नेहरूलाई समुन्द्रमा जान निषेध गरिएको छ। मङ्गलबारसम्म माछा मार्नेहरूलाई समुन्द्रबाट फर्किन सल्लाह दिइएको छ।











