सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती अन्तर्गत कला र हस्त शिल्पहरु प्रदर्शन कार्यक्रम सम्पन्न

IMG-20250709-WA0073

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा वर्षभर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। त्यसै अन्तर्गत बुधबार विद्यार्थीहरूलाई लिएर सोनादा उच्चत्तर माध्यमिक विद्यालय स्वर्णजयन्ती विज्ञान प्रदर्शनी २०२५ सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा सोनादा सेन्ट्रल बैंकका मेनेजर आदर्श छेत्री, सोनादा सर्कलका एआई रोशनी सार्की र सोनादा सर्कलका अफिसर आनन्द शर्मा प्रमुख रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विज्ञान सम्बन्धित तयार पारिएको विभिन्न आर्ट र क्राफ्ट, मोडेलहरु प्रदर्शनीमा राखिएको थियो। स्वर्ण जयन्तीको अवसरमा गरिएको यो विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मकता र वैज्ञानिक सोचलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। यस अवसरमा विद्यालयका प्रधानाध्यापकले अतिथिहरूलाई सम्मान प्रकट गर्दै स्वागत गरेका छन्। यस अवसरमा प्रधान अध्यापक दिपेन्द्र मुखियाले पत्रकारहरूलाई सम्बोधन गर्दै प्राचार्यले भने, “हाम्रो विद्यालयले यहाँका विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउन हरसम्भव प्रयास गरिरहेको छ।”
उनले यस वर्ष सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा वर्षभरि विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको र यसै अन्तर्गत विद्यालयमा विद्यार्थीहरूद्वारा तयार पारिएको विभिन्न कलाहरु र हस्त शिल्पहरु प्रदर्शन गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार उक्त प्रदर्शनीमा विद्यार्थीहरुले फ्याँकिएको वस्तुहरुबाट निर्माण गरिएको कला र हस्त शिल्पहरु प्रदर्शन गरिएको जानकारी गराएका छन्। उनले विद्यार्थीहरुलाई विद्यालयमा पुस्तकीय ज्ञानबाहेक पनि व्यवाहारिक ज्ञान प्राप्त गरेको होस् भनेर साथै आफ्नो‌ जीवनमा व्यवहारिक रुपमा उतार्न सकोस् भनेर यो आयोजना गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement