खरसाङ नगरपालिकाको ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुले विगत तीन चार महिनादेखि तलब नपाएकोले झट्टै पहल गरिदिने पेम्बा रिम्पोर्छेको आह्वान्

IMG-20250709-WA0072

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा रहेका ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुले विगत तीन चार महिनादेखि तलब नपाएको कारणले धेरै असुविधा भईरहेको बौध्द धर्म गुरु एंव गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै तलब नपाएको कारणले धेरै असुविधा भईरहेको र नानीहरुको पढाईमा समस्या भईरहेको साथै अन्य धेरै कुराहरुमा असुविधा भईरहेको आरोप लगाएका छन्। उनले खरसाङ बजार क्षेत्रमा रहेको मैलाहरु तीन दिनसम्म कर्मबन्धुहरुले उठाएन भने शहर पूरै दुर्गन्धित हुनेछ भन्दै नगरपालिकाको ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुको तलब झट्टै नगरपालिकाले पूरा गरिदिने निवेदन गरेका छन्। उनले लोकल‌ सरकार भनेको नै नगरपालिका हो र काम गर्नेहरु सबैको तलब समयमा नै हुनुपर्छ भनी मांग गरेका छन्। पेम्बा रिम्पोर्छेले खरसाङ नगरपालिका क्षेत्रमा स्ट्रिट लाइट पनि नबोलेको ३-४ महिना भएको र हाम्रो गोर्खे चेलीहरु हिँड्न पनि खतरा र असुरक्षित रहेको पनि बताएका छन्। उनले कुनै घटना घट्नु अघि नै सचेत भएको राम्रो हो भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले भने, ‘गाउँ बस्तीतिर होइन बजारमा नै अँध्यारो हुन्छ र यस विषयमा नगरपालिकाले‌ झट्टै पहल गरिदिने निवेदन छ।‌खरसाङ बजार क्षेत्रमा ट्रेड लाइसेन्स दिन्दा पनि राम्रोसित जाँच गरेर दिनु पर्ने र नाम हेरेर मात्र दिने अनुरोध छ। यस विषयमा समयमा‌ नै सचेत रहनुपर्छ।’
पेम्बा रिम्पोर्छेले खरसाङ नगरपालिकामा कार्य गरेर अवकाशप्राप्त कर्मचारीजरुले‌ अहिलेसम्म पनि पेन्शन नपाएको कारणले सबै अवकाशप्राप्त कर्मचारीहरुलाई धेरै गाह्रो भईरहेको र यसमाथि नगरपालिकाले झट्टै कार्य गरिदिने आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement