दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा मंगलवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा भएको सेकेण्ड डीविजन लीगको म्याचमा फर्न युनाइटेड एफसी-ले टीकेकेएस एकाडमीविरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट ग्लेन एक्का, रौनक प्रधान, अमन राई, प्रतीक राई र मेनसांग लामाले १-१ गोल गरे।

यसरी डीबी प्रधान/अनिता प्रधान मेमोरियल प्रीमियर डीविजन लीगमा भा-तकभर युनाइटेड र युनाइटेड एफसी दार्जीलिङबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।